Rule 30
मतदाता नामावलीको आवश्यक प्र्रति तयार गर्नु पर्ने
(१) प्रमुख नाम दर्ता अधिकारीले आयोगमा उपलब्ध गराएको अन्तिम मतदाता नामावलीलाई मूल मतदाता नामावली मानी आयोगले मतदाता नामावलीको आवश्यक प्रतिहरू तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतदाता नामावलीको प्रति तयार गर्नु अघि आयोगले त्यस्तो नामावलीमा कुनै मतदाताको नाम दोहोरो परे वा नपरेको जाँच गर्नु पर्नेछ र त्यसरी दोहोरो परे नपरेको जाँच गर्दा सम्बन्धित मतदाताको नाम थर, औंलाको छाप, नागरिकता प्रमाणपत्र, मतदाता नामावलीमा रहेको अनुहार र बाबुु वा आमाको नामलाई आधार लिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँच गर्दा कुनै मतदाताको नाम दोहोरो परेको देखिएमा आयोगले त्यस्तो दोहोरो नाम नियम २४ को उपनियम (६) बमोजिम हटाई मतदाता नामावलीकोे प्रति तयार गर्नु पर्नेछ ।